मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |
मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |
युथ टुडे मिडिया नेटवर्क प्रालि द्धारा संचालित युथ टुडे न्युज डटकम सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्ध बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।
जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर युथ टुडे न्युज डटकमले त्यसोमात्र गर्दैन । हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट समाचार बनेर छाईदिन्छौं ।
प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।    
हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्र प्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपति सम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।  
निजी क्षेत्रका गतिविधि माथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।
पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनका बारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी ।    
त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सकेका छौं ।
हामी को हौं ?
एम. आलम खान युथ टुडे न्युज डटकमको सञ्चालक संस्था युथ टुडे मिडिया नेटवर्कका अध्यक्ष एंव प्रधान सम्पादक हुन् ।
युथ टुडे न्युज आलम खानको नेतृत्तवमा २२ असोज २०७७ देखि सुचना तथा प्रसारण विभागमा बिधिवत रुपमा दर्ता भई सुरु भएको हो । खान लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको आन्दोलनमा सक्रिय र मानव अधिकार आन्दोलनमा समेत सरिक पत्रकार हुन् ।
२०६९ साल फाल्गुन महिनाबाट सुरु भएको युथ टुडे साप्ताहिकका प्रकाशक प्रधान सम्पादक समेत रहेका खान राष्ट्रिय समाचार समितिमा समेत रहि सकेका खान विगत अढाई दशकदेखि व्यावसायिक पत्रकारितामा क्रियाशील पत्रकार हुन् ।
हाम्रो टिम
युथ टुडे न्युज डटकमको समाचार विभागमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरी रहनु भएका मोबिनुद्दीन सिद्धिकिको देवसान भयो । सिद्धिकी हामी माझ रहनु भएन अग्रज बौद्धिक पत्रकारले अन्ततः देहत्याग गर्नु भयो उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!
कार्यकारी सम्पादक राजन रेग्मी, समाचार प्रमुख राघव भट्टराई, संवाददाताहरु बन्दना सोनी, बिनय पाठक, अमृता घर्तिमगर, मनकामना खडका, ममता थापा मगर, युसुफ अन्सारी, सुजन श्रेष्ठ, आबद्ध छन् ।
राजा खान युथ टुडे न्युजको निर्देशक हुन् भने मोहम्मद ज्याउलहक प्रबन्धक छन् यस्तै आईटी प्रमुखको जिम्मेवारी अफजल शेखलाई रहेको छ । 
युथ टुडे न्युज डटकमको स्थापना कालदेखि नै संलग्न डोलमाया पुन मार्केटिङ एक्जेक्युटिभ हुन् । मोहम्मद सफिक बेहना युथ टुडे न्युज परिवारका सदस्य हुन् ।
युथ टुडे न्युज डटकम लोकप्रियताको यो उचाइमा पुग्नुमा सयौं लेखकर विचारकहरुको महत्वपूर्ण योगदान छ ।
विश्वभर रहेका लाखौं लाख पाठक युथ टुडे न्युज डटकमका मेरुदण्ड हुन् । 
हामी के चाहन्छौं ?
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.youthtodaynews.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । 
तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर युथ टुडे परिवारमा सामेल हुन सक्नुहुनेछ । तर, युथ टुडे न्युज डटकममा पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला ।
राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री युथ टुडे न्युज डटकममा नपठाउनु होला ।  
तपाईंले युथ टुडे न्युज डटकममा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक र शिष्ट हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला ।
यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्ति माथिको अधिकार युथ टुडे न्युज डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नु अघि अनुमति लिनु होला ।
गैरव्यापारिक निजी प्रयोजनमा बाहेक युथ टुडे न्युज डटकमको सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाइने छैन् । युथ टुडे न्युज डटकमको पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तर्राष्ट्रिय कपिराइट कानुन वा अन्य कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ । 
तपाईं युथ टुडे न्युज डटकमका नियम र शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइट एक्सेस गर्ने, प्रयोग गर्ने वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला ।
हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग जोडिइरहनु हुनेछ ।
तपाई हामी सबैको र सबैभन्दा राम्रो नेपाली समाचार पोर्टल युथ टुडे न्युज डटकममा तपाईंलाई हार्दिक स्वागत छ ।
"