मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

बाँकेको तिन पालिकामा निषेधाज्ञा जारी : पाँच वडालाई ‘निषेधित क्षेत्र’ घोषणा

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

बाँके  । हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमीको अवसरमा बाँकेको केहि ठाउँमा दुर्गा मूर्तिको विसर्जन क्रममा भएको विवादपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तिन वटा पालिकाको पाँच वडालाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार राति जारी गरेको आदेशअनुसार, दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच उत्पन्न तनावका कारण शान्ति–सुरक्षा कायम गर्न आवश्यक देखिएकाले उक्त निर्णय गरिएको बताउनु भयो ।

प्रशासनका अनुसार शनिबार साँझ ७ बजे देखि बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ६ स्थित गाउगाउँमा भएको विवादपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। धार्मिक र साम्प्रदायिक सद्भावमा आंच आउन सक्ने अवस्था देखिएकाले घटनास्थल र आसपासका क्षेत्रमा सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, भीडभाड र हुलहुज्जतमा कडाइ गरिएको छ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १४ को सम्पूर्ण क्षेत्र,नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ५ को ‘सुइया पिपलवा’ क्षेत्र,नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २३ को भज्जुपुर्वा, जंगलीपुर्वा, लोहासपुरवा क्षेत्र र नरैनापुर गाउँपालिकाको वडा नं ५ को सम्पूर्ण क्षेत्रमा अनिश्चितकालका निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्तिको भेला, जुलुस वा हिँडडुल गर्न पाइने छैन भने उक्त आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानूनी कारबाही गरिनेछ।”

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सबै पक्षलाई संयम रहन, अफवाहमा नफस्न र शान्ति सुरक्षा कायम गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार