मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

बाँके । मिथिला सेवा समाज बाँकेको आयोजनामा हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मिथिला सेवा समाजका अध्यक्ष राम लोचन शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले विकृति र विसंगति विरूद्धको लोकसांगितिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउदै लगेको बताउदै उहाँले भन्नुभयो, छठ पर्वले सामाजिक परिवर्तनको हकमा साँस्कृतिक आन्दोलनलाई जीवन्त राखेको जिकिर गर्नु भयो । 

मन्त्री अग्रवालले मधेसी समुदायमा बिहे, ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा लोकगीत गाउने चलन भएकोले लोकगायन भनेको छठको झनै सशक्त पक्ष भएको औल्याउनु भयो । उहाँले नेपालीहरूको विविधतामा एकतालाई यस पर्वले स्वीकारेको छ । पछिल्लो समय अध्ययन, जागिर एवम् व्यापारका कारणले हिमाल, पहाड र तराईमा मिश्रित समाजको विकास तथा अन्तर्जातिय विवाहले गर्दा छठको विस्तार हुन पुगे बताउनु भयो । 

पहाडी र मधेसी समुदायले एकअर्काको पर्वबीच भेद गर्न छाडेको बताउदै मन्त्री अग्रवालले सबै चाडबाड सबैको भन्ने धारणाको विकाससँगै सदभावपूर्ण तरिकाले छठ मनाउन अपिल गर्नु भयो । 

कार्यक्रममा दिपावली तथा छठ पर्वको शुभकामना दिदै नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले छठ पर्वले सामाजिक सद्भाव र समानतामा वृद्धि गरेको बताउनु भयो । उहाँले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने जिकिर गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका सदस्य एंव स्थानीय विभाग प्रमुख मिन बहादुर मल्लले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा शुभकामना दिदै बाँकेमा मिथिला बासीहरु संगठित हुनु गौर्वको कुरा भएको बताउनु भएको थियो ।

कार्यक्रममा राम चन्द्र पण्डितले मथिला सेवा समाजको कार्यालय निर्माणका लागि दश धुर जग्गा दान गर्ने घोषणा गर्नु भएको थियो कार्यक्रममा जनता पार्टीकि नेता रेखा झा, राप्रपाका नेता ओम प्रकाश अजाद लगायतले शुभ कामना व्यक्त गर्नु भएको सचिव भरत महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार