बाँके । नेपालगञ्ज मुस्लिम समाजले राझामा रहेको नेपाली सेनाको व्यारेक भित्रको मजारको स्थलगत अनुगमन गरेर महा सेनानी खेम नारायण पौडेल लगायत संग भेट गरी मजारका विषयमा जानकारी लिएको छ ।
मुस्लिम समाजको सहकार्यमा मजारलाई सौन्दर्य करण गर्ने जनाएको कब्रला समितिका केन्द्रीय अध्यक्ष एवं समाजका उपाध्यक्ष गुलाम हुसेन( फिरोज) हल्वाईले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।
कोरोनाका कारण बन्द रहेको मजारलाई छिट्टै खोल्ने प्रमुख सेनानी जनमत बहादुर कार्कीले समाजका पदाधिकारीहरु संग प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाली सेनाको निगरानीमा रहेको मजारको दर्शन गर्न आम नागरिकका लागि खुल्ला गर्ने सेनाले प्रतिबद्धता जनाए पछि मुस्लिम समाजका अध्यक्ष हाजी अब्दुल हकिम उपाध्यक्ष लुकमान अंसारी, केंद्रीय मोहर्रम पर्ब तथा कर्बला व्यवस्थापन समिति का केंद्रीय अध्यक्ष फिरोज वरसीले सेनालाई धन्यबाद दिए छन् ।