मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारी बनिन् प्रतिक्षा न्यौपाने

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

बाँके । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाइन् ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो । 

प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेलगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए ।

त्यसैगरी लागू औषध दुव्र्यसनी, बालविवाह, मानव बेचबिखन लगायत सडक दुर्घटनाका बिषयमा पनि उनिहरुले प्रमुख जिल्ला अधिकारीसंग प्रश्न गरेका थिए । 

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको आसनमा बसेकी प्रतिक्षाले किशोरीहरुबाट आएका प्रश्नहरुको जवाफ दिंदै कर्मचारीहरूको अनुगमन, सडक दुर्घटना न्यूनीकरण र मानव बेचबिखन नियन्त्रणका बारेमा जवाफ दिएकी थिइन् ।

सो कार्यक्रममा बर्दिया जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बढ्दो लागू औषध दुव्र्यसनी नियन्त्रण गर्न र मानव बेचबिखन रोक्न संघसंस्थाहरुसँग मिलेर काम गर्नुपर्ने जनाउँदै प्रहरीलाई समेत सो बारेमा कडाई गर्न निर्देशन दिएर परिचालन गरिएको बताउनु भयो । 

उहाँले किशोरीहरुको शसक्तिकरणका लागि विभिन्न किसिमका तालिमको आयोजना गर्नका लागि आफू सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो । 

कार्यक्रममा बाँके युनेस्को क्लब सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले किशोरीहरूको क्षमता बृद्धि गरेर उनिहरुलाई पनि हरेक क्षेत्रमा अगाडि बढाउनका लागि गल्र्स टेक ओभर कार्यक्रम सुरु गरिएको बताउनुभयो । 

उहाँले किशोरीहरुले कुनै जिम्मेवारी पाए भने त्यो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

बर्दिया जिल्लामा सशक्त बालिका परियोजना अन्तर्गत विभिन्न कार्यक्रम गरेर किशोरीहरुलाई सक्षम बनाउने काम गरिएको कार्यक्रम अधिकृत ईश्वरविकले बताउनुभयो । 

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारी बनेकी प्रतीक्षा न्यौपानेले यसमा आफ्नो अनुभव नौलो रहेको जनाउँदै कुनै पनि पद पाउनु भन्दा पनि सो पदको गरिमा राखेर काम गर्न कठिनाइ हुने गरेको महसुस भएको बताइन् । 

कार्यक्रममा गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, बि ग्रुप र राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार