मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

भूकम्पमा परी मृत्यु भएका प्रति परिवारलाई २ लाख दिने सरकारको निर्णय

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरूलाई तत्काल मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनकाअनुसार बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ भने शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले छिमेकी देशहरूसहित दातृ निकायबाट औपचारिकरुपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार