मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

हजरत बाबा कम्मर शाहको उर्स मेलाको पूर्व मन्त्री राईले गरे उद्धघाटन

महमूद आलम खान 1129+ समाचार ( )
बर्षौं देखि बाँकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ।
८ पौष २०७८, बिहीबार

बाँके । बर्षौं देखि बाँकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ।

तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो ।

सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो ।

सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प्रदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

पुस ११ गतेसम्म लाग्ने सो उर्स मेलामा बाँके, बर्दिया लगायत नेपाल र भारतका हिन्दु मुस्लिम समुदायका हजारौं श्रद्धालुहरु सहभागि हुने गरेका छन् । हुलाकी सडकको निर्माणपछि नेपालगञ्जबाट कम्मर शाहको मजारमा जानेहरुको संख्या धेरै बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार