मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

भूकम्पका परी घाइते भएका ११ जनाको भेरी अस्पतालमा शल्यक्रिया

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

बाँके ।  भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरुको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको थियो । भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम) का घाइतेलाई शनिबारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो ।

अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन् । ति मध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएका मध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताए । 

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिएको बताए । शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा रहेको उनले सुनाए ।

अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रुपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतीका बिरामीको अहिलेसम्म गरिसकेको उनले जनाए । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार