मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न, ७ वटा बिधेयक पारित

महमूद आलम खान 1132+ समाचार ( )
स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी अंक ल्याएर जिल्लामै पहिलो, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्तरगत स्वमूल्यांकनमा पनि जिल्लामा पहिलो, घरघरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सबभन्दा कम बेरुजु डुडुवामा रहेको छ ।
८ पौष २०७८, बिहीबार

बाँके । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्नु भएको थियो ।

उहाँले डुडुवा गाउँपालिकाले अहिले जिल्लास्तरमै नमूनाको रुपमा काम गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी अंक ल्याएर जिल्लामै पहिलो, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्तरगत स्वमूल्यांकनमा पनि जिल्लामा पहिलो, घरघरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सबभन्दा कम बेरुजु डुडुवामा रहेको छ ।

गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालू आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरी गरिएको बजेट संशोधन पारित गरिएको थियो ।

गाउँपालिकाले गरेको जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी देखिएको छ ।

उक्त अवसरमा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।

सो गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले गर्नु भएको थियो । गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार