मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

गैरइजरायली नागरिकलाई परिस्थिति मिलेपछि रिहा गरिने हमासको सैन्य विङको भनाई

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

एजेन्सी । अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको गाजाको मुस्लिम अतिवादी समूह हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको भिडिओ सार्वजनिक गरेको हो।

भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन।

मिआ गत साता एक सांगीतिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन्। आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको भिडिओ सार्वजनिक भएसँगै खुलेको हो।

एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन् । उनका परिवारले पनि भिडिओ हेरेका छन्

‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस।’

अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको आशंका गरिएको छ।

आक्रमणको दिनदेखि बेपत्ता रहेका विपिन इजरायलमा खोज्दा नभेटिएपछि सरकारले हमासले बन्धक बनाएको ठहर गर्दै उनको रिहाइका लागि पहल गरिरहेको जनाएको छ।

यसैबीच हमासको सैन्य विङले बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ।

समाचार संस्था रोयटर्सले ती विदेशी नागरिकहरूलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको छ।

हमासले गरेको आक्रमणमा इजरायलमा १३ सय जनाको मृत्यु भएको छ भने जवाफमा इजरायलले गाजामाथि गरेको कारबाहीमा हमासका लडाकुसहित २८ सय जना मानिस मारिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार