मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

नेपालगञ्जमा राप्रपा नेपालको कब्जा, ६ नम्बरमा जित सुनिश्चित

महमूद आलम खान 1132+ समाचार ( )
राप्रपा नेपालको नेपालगञ्ज घरदैलो सुरु
१८ वैशाख २०७९, आइतबार

सुनिता श्रेष्ठ

बाँके । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलहरू जनतासँग मत माग्दै घरदैलोमा जुटेका छन् । 

विभिन्न दलहरूको चुनावी अभियानले नेपालगञ्जमा निर्वाचनको रौनक छाएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल आफ्नो चुनावी एजेण्डा सहित रंगीचंगी झण्डा बोकेर टोलटोलमा पुग्ने गरेको छ । चुनावी गीत बजाएर कार्यकर्ताका साथमा नाच्दै टोलटोलमा गएर उम्मेदवारले जनतासँग मत मागेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार अभय बस्नेत पनि घरदैलोमा व्यस्त छन् । आफु निर्वाचित भए जनताको घर-घरमा नै सेवा सुबिधा पुर्याउने प्रतिबद्धतासहित उहाँले मतदातासँग भेटघाट जारी राख्नु भएको छ । आज नेपालगञ्ज ६ फुल्टेक्रामा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै घरदैलो तथा मतदातासँगको भेटघाटमा उहाँले आफूले जितेमा सबै वडामा समान ढंगले विकासको खाका कोर्ने बताए ।

यस्तै नेपालगञ्ज ६ मा राप्रपा नेपालबाट वडा अध्यक्षमा मदन राज शर्मा, वडा सदस्यहरु दिपक श्रेष्ठ, साबित्री देवी शर्मा अधिकारी, हितेश भारती र मिरा खटिकले उम्मेदवारी दिएका छन् । वडा सदस्यका उम्मेदवार दिपक श्रेष्ठ र साबित्री शर्मा राप्रपाबाट गत चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

निर्वाचित भएर जनताको मन जित्न सफल श्रेष्ठ र शर्मा सहित उनको पुरै प्यानलको जित निश्चित रहेको स्थानीयले बताए । उम्मेदवार श्रेष्ठले राप्रपाको शाख जोगाउने हामी वडा सदस्यहरुले नै राप्रपालाई वडामा क्लिन गरि राप्रपा नेपाललाई स्थापित गर्ने जिकिर गर्नुभयो ।

आर्थिक राजधानी निर्माणका लागि उद्योग, व्यापारलाई अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यसअनुरूपका पूर्वाधार बनाउने योजना राप्रपा नेपाल संग रहेको जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले बताउनुभयो । राप्रपा नेपालको सुरु भएको घरदैलो अभियानमा महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार