मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै ९ बुँदे निर्णय गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा महत्वपूर्ण निर्णयहरू गर्नुभएको छ । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापन पर्ने निर्णय मुख्यमन्त्री सिंहले गर्नुभएको छ ।

मधेश प्रदेशमा बढ्दो भ्रष्टाचारको नियन्त्रण गर्दै सुशासन कायम गर्नका लागि अधिकतम प्रयास गर्नुका साथै मधेश आन्दोलनका सहिद परिवार, घाइतेहरूलाई विशेष सुविधा उपलब्ध गराउने, मधेशी पहिचान स्थापित गराउनमा भूमिका खेलेका स्वर्गीय गजेन्द्र नारायण सिंह, गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई सम्मान गर्ने कार्यक्रम ल्याउने निर्णय पनि मुख्यमन्त्रीले गर्नुभएको छ । साथै पत्रकार लक्षित कार्यक्रम पनि ल्याउने मुख्यमन्त्रीले निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार