बाँके । बाँकेको कोहलपुर ४ मा रहेको सागरमाथा ज्ञानकुञ्ज माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नेकपा (माओवादी केन्द्र ) कोहलपुर नगर समितिका सह-सचिब अर्जुन पौडेल निर्बिरोध निर्बाचित हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र ) कोहलपुर वडा न.३ अध्यक्ष प्रभा बुढा सदस्यमा निर्वाचित हुनुभएको छ ।
विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित सदस्य बुढाले बताउनुभयो।
उहाँले भन्नुभयो- ‘ अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’
विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेला गरि विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताउनुभयो।