मुख्य समाचार
जसपाका मन्त्रीले लिए शपथ, बाँकेकि हसिना खान बनीन् राज्य मन्त्री | जसपा आधिकारिकता विवाद सर्वोच्चमा | गृह मन्त्रालयको निर्देशन उल्लङघन गरेको भन्दै बाँके सिडियो पोखरेल एकाएक तानिए | सबै पालिकाहरूमा सुलभ रूपमा नुन उपलब्धता गराउन सरकारलाई संसदीय समितिको निर्देशन | वडाबासिहरु सचेत भएमा वडा समृद्ध हुन्छ – अध्यक्ष श्रेष्ठ | जसपाले मन्त्रीका लागि दियो ३ जनाको नाम, यादव स्वास्थ्यमन्त्रीमा सिफारिस | कन्यश्वरी सामूदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धन सुरु | करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन | उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मै रहेको शाहको भनाई (विज्ञप्ती सहित) | चकटी ओछ्याएर पढ्न बाध्य छन् मदरसाका विद्यार्थीहरू |

आजबाट सुरु हुँदै एसियाकप, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

यूथ टुडे समाचारदाता 1950+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

काठमाडौं- एसियाकप क्रिकेटको १६ औं संस्करण बुधबार सुरु हुँदै छ। आयोजक पाकिस्तान र नेपालबीच पाकिस्तानको मुल्तानमा दिउँसो ३:१५ बाट उद्घाटन खेल सुरु हुनेछ। ६ टिम सहभागि प्रतियोगिता १९ दिन चल्ने छ। प्रतियोगितामा कुल १३ खेल खेलिने छ। १७ सेप्टेम्बरमा कोलम्बोमा प्रतियोगिताको फाइनल हुने छ।

कहिले बाट सुरु भएको थियो प्रतियोगिता?

३९ वर्ष अघि १९८४ मा पहिलो पटक एशियाकपको आयोजना भएको थियो। संयुक्त अरब इमिरेट्स(युएई) मा उक्त खेलको आयोजना भएको थियो। पहिलो प्रतियोगितामा पाकिस्तान, श्रीलंका र भारतले हिस्सा लिएका थिए। प्रतियोगिता राउन्ड रोविनका आधारमा भएको थियो। सर्वाधिक खेल जित्न सफल भारत पहिलो प्रतियोगिताको च्याम्पियन बनेको थियो।

कहिले-कहिले हुन्छ एशियाकप?

एशियाकप हरेक २ वर्षमा एकपटक आयोजना हुँदै आएको छ। यद्यपि कुनै-कुनै समयमा समयमानै प्रतियोगिता नहुने गरेको छ। प्रतियोगिता १३ पटक एकदिवसीय र २ पटक टी-२० फर्म्याटमा आयोजना भएको छ। कुल १५ पटक प्रतियोगिता यसअघि आयोजना भएको छ। यो पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना हुँदैछ। देशभित्रको आपसी विवाद र राजनीतिक कारणले प्रतियोगिता १९९१ देखी २००७ मा केवल ४ पटक मात्र आयोजना भएको थियो।

सर्वाधिक उपाधि जित्ने टिम कुन हो?

भारतले एशियाकपको सर्वाधिक धेरै ७ उपाधि जितेको छ। भारतले ६ पटक एकदिवसीय र एक पटक टी-२० फर्म्याटको उपाधि जितेको हो। भारतपछि श्रीलंकाले ६ पटक उपाधि जितेको छ। त्यस्तै पाकिस्तान २ पटक च्यम्पियन बन्दा बंगलादेश दुई पटक फाइनल पुगेपनि उपाधिविहीन रहेको छ। यी बाहेकका टिमले भने फाइनलमा स्थान बनाउन सकेका छैन्न। साविक विजेता श्रीलंका हो। गत वर्ष टी-२० फर्म्याटमा भएको प्रतियोगितामा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

कुन-कुन टिम छन् सहभागी?

प्रतियोगितामा कुल ६ टिम सहभागी छन्। ३-३ टिमका दुई समूह विभाजन गरिएको छ। भारत, पाकिस्तान र नेपाल समूह ‘ए’ मा रहँदा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगितामा दुवै समूहमा शीर्ष २-२ टीम सुपर-४ मा पुग्ने छन्। सुपर चारमा पनि सबै टिमले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। सुपर चारको समूहको शीर्ष २ मा रहने टिमबिच फाइनल भिडन्त हुने छ।

नेपाल पहिलो पटक सहभागी हुँदै

एसियाकपको लामो क्रिकेट इतिहासमा नेपाल पहिलो पटक सहभागी हुँदै छ। गत अप्रिलमा काठमाडौंमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले पहिलो पटक एसियाकपमा स्थान बनाएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार