बाँके । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा टोलटोलमा विभिन्न आँकलनहरु सुरु भएको छ । पश्चिम नेपालकै व्यापरीक केन्द्र नेपालगंज उपमहानगरपाललिकामा यो पटक दुईपक्षीय भिड्न्त हुने देखिएको छ ।

नेपालगंज उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट पशुपति दयाल मिश्राले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस नेपालगंजका सभापति प्रशान्त बिष्ट नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको यो पालिकामा आगमी निर्वाचनमा काग्रेसले जित्ने निश्चित जस्तै भई सकेको छ ।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा, नेकपा एस, जनमोर्चा र नेकपा माओवादी केन्द्रको समेत समर्थन प्रशान्त विष्टलाई रहेकोले एमालेका तर्फबाट उम्मेदवार बनेका मिश्रामो उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेका छन् ।
अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि मिश्राको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि विभिन्न पार्टीमा रही मधेशीहरुको वकालत गर्दै एमाले प्रबेश गरेका मिश्रा नाका बन्दीका क्रममा देखाएको उग्र भूमिकालाई स्पमरण गर्दै नेपालगंजबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ ।
मुस्लिम बाहुल्य नेपालगंजमा जातीय समीकरणले पनि यो पटक बिष्टलाई साथ दिने अनुमान गरिएको छ । २
यस्तै नेपालगंजको उपमेयरमा गठबन्दनका उम्मेदवार जसपा बाँकेका अध्यक्ष कमरुद्दीनलाई ०७४ को स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए । यस पटक गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएर चुनाबी मैदानमा होमिएका छन् । गठबन्धनबाट मेयर र उपमेयरमा दुबै पुरुष रहेकोले मतदाताहरुले उपमेयरमा एक जना महिलालाई ल्याउन जरुरी हुने बताउन थालेका छन् । स्थानीयहरुका अनुसार उपमेयरमा कमरुद्दीनको विकल्प राप्रपा कि उम्मेदवार बिन्दुचर्ति मगर रहेका अनुमान गरिएको छ ।
व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय बिन्दु नेपालगंजका लागि अब्बल उम्मेदवार भएकोले मतदाताहरु प्रभावित भएर विजय गराउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
कोभिड, जाडोमा उनले गरिब विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि बिन्दु चर्तिमगरलाई सघाउने स्थानीयले बताए ।