गाेपालसिं खड्का

रुकुम । रुकुम पश्चिम सानीभेरी गाउँपालिकाकाे दाेस्राे सम्मेलनमा रुकुमबाट कम्युनिस्टकाे स्थापना गर्ने व्यक्तिहरुलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँपालिकालेे सम्मान गरेकाे छ ।
नेपाल सरकारका अर्थमन्त्री, स्थायी कमिटी सदस्य नेकपा माअाेवादी केन्द्रका संगठन विभाग प्रमुख उज्यालो अभियानका अभियान्ता जर्नादन शर्मा ले सम्मान पत्र तथा अविर लगाएर सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा राप्ती ज्ञानाेदय माविका प्रधानाध्यापक शसिराम विक ,वडा ६ लालबहादुर खड्का लेकाली , भुपालसिं बुढाथाेकी,टाेपबहादुर केसी लगाएत ६ जनालाई सम्मान गरेकाे छ।
कम्युनिस्टहरुकाे सच्चा पहरेदार भइ रुकुम जिल्लाकाे मान राख्न सफल नेतृत्वप्रति सलामी अर्पण सहित ज्ञात अज्ञात सहिद पनि धेरै भएकोले पनि सानीभेरीका उच्च कम्युनिस्ट संस्थापकलाई कहिल्यै नभुल्ने र गरेकाे कार्यप्रति उच्च मूल्यांकन राख्दै सम्मान गरेकाे सानीभेरी गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष भूपालसिं ओली पृथ्वीले जानकारी दिनु भयो ।