मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

बाँके । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध सख्त कदम चालेको छ । प्राधिकरणले तीन दिनभित्रै १८२ जना ग्राहकको बिजुली लाइन काट्दै करिब १ करोड ३४ लाख ६२ हजार ४ सय २० रुपैयाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाएको छ ।

वितरण केन्द्रका लेखा अधिकृत बुद्धि सागर भुषालका अनुसार अभियान शुरु भएको तिन दिनमै ७६ जना ग्राहकले बक्यौता रकम तिरेका छन्, जसबाट ४१ लाख ८९ हजार ९० रुपैयाँ असुल भएको छ । उहाँले भन्नुभयो, “बाँकी ग्राहकले बिल तिरेपछि मात्र उनीहरूको लाइन पुनः जडान गरिनेछ ।”

गत शुक्रबारदेखि सुरु गरिएको यो अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटरमार्फत उद्योगी र व्यवसायीहरूको लाइन काट्ने कार्य अघि बढाएको हो । भुषालका अनुसार, “लाइन प्रयोग गरेबापतको बिल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ ।”

वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले ‘नो–पे, नो–लाइट’ अभियानलाई तीव्रता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै बिल तिर्ने ग्राहकलाई सहज सेवा प्रदान गरिनेछ । तर ढिलासुस्ती गर्नेहरूमाथि कानुनी प्रावधानअनुसार कडाइका साथ कारबाही निरन्तर हुनेछ ।”

त्यस्तै, प्राधिकरणको ‘नो–लाइट’ शाखाका प्रमुख विष्णु खत्रीले भन्नुभयो, “बिजुली निरन्तर पाउन समयमै बिल तिर्ने बानी विकास गर्नैपर्छ । अब चेतावनी मात्र होइन, कार्यान्वयन पनि देखिने समय आएको छ,” भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभयो ।

नेपालगञ्जका एक व्यवसायीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “बिल तिरेपछि मात्र बिजुली आउँछ भन्ने थाहा त थियो, तर यति चाँडो काटिन्छ भनेर सोचेकै थिएन” भन्दै समयमै बिल तिर्नुपर्ने महसुस भएको बताउनु भयो ।

प्राधिकरणका अनुसार, यो अभियानले बाँकेका सयौँ ग्राहकमा बिल तिर्ने हतारो र सचेतता ल्याएको छ । संस्था अब उपभोक्तासँग सहकार्य गरेर विद्युत सेवा अझ व्यवस्थित, भरपर्दो र पारदर्शी बनाउन प्रतिबद्ध रहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार