मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

डाक्टरहरुले मागे गृह र स्वास्थ्य मन्त्रीको राजिनामा

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

काठमाडौं । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरूले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

हिजो (सोमबार) पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ जिल्ला अस्पतालमा कार्यरत ठाक्टरमाथि कुटपिट भएको थियो । यसरी पटक पटक चिकित्सकमाथि भएको आक्रमणले सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

उनीहरुले स्वास्थ्यमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । यसअघि विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । नेपाल शिक्षक संघले असोज ५ गते सरकारसँग सहमती गरेपछि आन्दोलन स्थगन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार