मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

कमाई हुने गणमा सरुवा नभएपछि एसपिद्धारा सरुवा अस्वीकार

महमूद आलम खान 1132+ समाचार ( )
चाहेको गणमा सरुवा नभएको रिस उनले बाहिनीका कर्मचारीमाथि पोख्ने गरेका छन् ।
२५ माघ २०७८, मङ्गलबार

काठमाडौं । कमाई हुने गणमा सरुवा नभएपछि सशस्त्र प्रहरी बलका एक एसपीले चेन अफ कमाण्डलाई नै चुनौती दिदै सरुवा भएको कार्यालय जान अस्वीकार गरेका छन् । पशुपति बाहिनीमा कार्यरत एसपी समिक कुमार महर्जनले जिम्मेवारी नसम्हालेका हुन् ।

उनलाई गत २५ पुसमा सशस्त्र प्रहरी मुख्यालयले ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । तराईका अन्य जिल्लाको गण मागेकोमा रिजर्भ गणमा सरुवा भएको भन्दै उनी जान नमानेको स्रोत बताउँछ । स्टाफ कलेज दरबन्दी भइ हाल उपत्यका स्थित ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनले कमाई नहुने गणमा नजाने भन्दै रमाना नलिएका हुन् । उनी मधेस प्रदेशको जिल्लामा जान चाहेका थिए ।

तर, प्रयास असफल भएपछि सरुवा भएको एक महिनासम्म बाहिनीमै बसेका छन् । चाहेको गणमा सरुवा नभएको रिस उनले बाहिनीका कर्मचारीमाथि पोख्ने गरेका छन् । आउटीङमा जाने कर्मचारीलाई उनले अनेक बहानामा दुःख दिन थालेका छन् । डिआइजी बंशी दाहालसम्म उनको बारेमा कर्मचारीले गुनासो गर्न थालेका छन् । साभार

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार