मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |
मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |


जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
“अब सामान्य उपचारकै लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्छ”
९ जेठ २०८३, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । स्वास्थ्य सेवाबाट लामो समय वञ्चित स्थानीय नागरिकका लागि ठूलो आशाको केन्द्र बनेको अस्पताल अब सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा बुधबार पुगेको अनुगमन टोलीले निर्माण कम्पनीलाई आगामी ३० दिनभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पतालको भौतिक प्रगति लगभग सम्पन्न भइसकेको जानकारी दिँदै अब उपकरण व्यवस्थापन, जनशक्ति र सेवा सञ्चालनतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“जानकी गाउँपालिकाका नागरिक सामान्य उपचारका लागि पनि नेपालगञ्ज, कोहलपुर वा भारतसम्म जानुपर्ने बाध्यता झेल्दै आएका छन् । अस्पताल सञ्चालनमा आएपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ र नागरिकले सहज उपचार पाउनेछन् । निर्माण कम्पनीलाई एक महिनाभित्र काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका छौं ।”

७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा हालसम्म विशेषज्ञ सेवा त परै जाओस्, सामान्य स्वास्थ्य उपचारका लागि समेत नागरिकले बाहिर धाउनुपर्ने अवस्था थियो । अस्पताल सञ्चालनमा आएपछि उक्त समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अस्पताल सञ्चालनलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गाउँमै गुणस्तरीय सेवा दिनु हाम्रो दायित्व हो । भवन निर्माण अन्तिम चरणमा पुगेको छ, अब सेवा सञ्चालनका लागि आवश्यक बजेट, उपकरण र व्यवस्थापनमा गाउँपालिका गम्भीर छ । आगामी बजेटमा अस्पताल सञ्चालनका लागि आवश्यक रकम विनियोजन गर्छौं ।”

अनुगमन टोलीमा सहभागी योजना शाखा प्रमुख शोभा पौडेलले अस्पताल सञ्चालनमा आएपछि स्थानीय स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“अस्पताल निर्माण केवल भौतिक संरचना होइन, यो नागरिकको जीवनसँग जोडिएको विषय हो । समयमै सेवा सञ्चालन गर्न सके मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार र नियमित स्वास्थ्य सेवामा ठूलो राहत पुग्नेछ ।”

वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि संघीय सरकारबाट १७ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

जानकी गाउँपालिका वडा नं. ४ स्थित कार्यालय परिसरमा निर्माण भइरहेको अस्पतालका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयले आवश्यक दरबन्दी सिर्जना गरी जनशक्ति व्यवस्थापन गरिदिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सूचना प्रविधि अधिकृत विकास जिसीले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा संघीय सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“१५ शय्याको अस्पताल सञ्चालनका लागि चिकित्सक, नर्स, ल्याब, रेडियोलोजी लगायत प्राविधिक जनशक्ति आवश्यक पर्छ । गाउँपालिकाले मात्र सम्पूर्ण आर्थिक भार धान्न कठिन हुने भएकाले संघीय सरकारबाट दरबन्दी र सहयोग आवश्यक छ ।”

गाउँपालिका अध्यक्षका निजी सल्लाहकार सोहराब अलीले पालिकाभित्र मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता रहेको उल्लेख गर्दै पायक पर्ने स्थानमै अस्पताल निर्माण गरिएकाले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस क्षेत्रका धेरै नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने गरेका थिए । अब गाउँमै अस्पताल सञ्चालन भएपछि गरीब तथा विपन्न समुदायलाई ठूलो राहत मिल्नेछ ।”

अस्पताल निर्माणको जिम्मा भरतपुर, चितवनको हिम सगरमाथा–अनक जेभीले पाएको हो । निर्माण कम्पनीले असारको पहिलो साताभित्र अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी अनुगमन टोलीलाई दिएको थियो ।

१५ शय्याको अस्पताल सञ्चालन गर्न ३ जना चिकित्सकसहित नर्सिङ, परामेडिक्स, ल्याब, रेडियोलोजी, कार्यालय सहयोगी, स्विपर र सुरक्षा गार्ड गरी ३४ जना जनशक्ति आवश्यक पर्ने मापदण्ड रहेको जनाइएको छ ।

हाल जानकी गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि पर्याप्त सेवा अभावका कारण नागरिकले अझै बाहिर निर्भर हुनुपर्ने अवस्था रहेको छ । अब निर्माणाधीन अस्पताल सञ्चालनमा आएपछि जानकीवासीका लागि स्वास्थ्य क्षेत्रमा नयाँ आशा पलाएको छ । अनुगमन टोलीमा सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, इन्जिनियर लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार