मुख्य समाचार
स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि | नेपालगन्ज र खजुरामा विद्युत बक्यौता असुल अभियान तिब्र | नरैनापुरमा प्रशासनिक संकट गहिरिँदै, नागरिकको आवाज बुलन्द | ‘उज्यालो नेपाल पार्टी’ मातहत सप्तरी–काठमाडौं सम्पर्क मञ्च गठन, ९ सदस्यीय समिति घोषणा | सप्तरीको दिगो विकासका लागि पूर्वाधार, सिँचाइ र शहरी सुधारमा पहलको माग |

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

महमूद आलम खान 1132+ समाचार ( )
राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावहरुलाई समेटिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१६ पौष २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावहरुलाई समेटिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विचारको विकास गर्नका लागि पार्टीले विशेष महाधिवेशन गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेताहरुले विभिन्न कोणबाट प्रश्न तथा टिप्पणी गरेपछि जवाफ दिँदै उनले पार्टीले निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने बताए । महाधिवेशनमा आएका सुझावहरु आफ्नो प्रतिवेदनमा समेटिने उनले बताए ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यक्ता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजको रुपमा नबुझन आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रुपले बहस तथा छलफल हुने आश्वास दिए ।

माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष प्रचण्डको राजनीति प्रतिवेदन परिमार्जन सहित पारित भएको बताए । अब नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार