मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |
मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |


मर्यादित महिनावारीमा सरोकारवालाको भुमिका

महमूद आलम खान 1131+ समाचार ( )
५ मंगशिर २०७८, आइतबार

महिनावारी जसलाई हाम्रो नेपालीका कतिपय समुदायमा नछुने हुनु ,छुन नहुने ,पर सरेकी ,छुइ भकी जस्ता अनेकौं नाम हरुले चिनिन्छ । यी सबैको तात्पर्य भने एउटै हो महिनावारी अर्थात रजस्वला हो ।महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो जुन केटीहरुमा मात्रै हुने गर्दछ । यो खास गरि १२ बर्ष देखि सुरु भै ५० देखि ५५ बर्ष पुगेपछि बन्द हुने गर्दछ । यश अबस्थामा हरेक महिनाको ४देखि ६ दिनसम्म यौनिबाट रगत बग्ने गर्दछ तर गर्भवति भएको अवस्थामा भने महिनावारी हुदैन । 

नेपाको सन्दर्भको कुरा गर्ने हो भने प्राय हरेक क्षेत्र समाजमा महिनावारीलाई अझै तुच्छ रुपमा हेरिने गरिन्छ । पहिलो पटक महिनावारी हुदा २२ दिन सम्म घरबाट टाढा राख्ने चलन अहिले सम्म रहिआएको छ । दुध दहि खान न हुने, पुजा गर्न न हुने ,घरका अग्रज साथै आफ्नो बुवा र दाजु भाइलाई हेर्न न हुने जस्ता रुढीबादी परम्परागत सोचहरु अझै समाजमा जरो गाडेर बसिरहेका छन । अझै नेपालका कतिपय ठाउँमा त घरभन्दा कोसौ टाढाको दुरिमा छाउ गोठ बनायर किशोरी तथा महिलाहरू महिनावारी भएको बेला राख्ने गर्दछन । यसरी गोठमा राखियका महिला तथा किशोरीहरुले सयौं अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्दछ।कतिपय युवतिहरु त बलात्कारको सिकार समेत भै मृत्युलाई अगाल्न पुगेका छन । सदियौ देखि महिला लाई बिबिध किसिमका यातना दिने नेपाली समाजमा २१ औ शताब्दी सम्म आइपुग्दा समेत कुनै परिवर्तन भएको पाइदैन । महिला सम्बन्धित कानुन बने पनि सबै किताबकै पानामा सिमित छन । ३३% अधिकार जागीर कोटा र राजनीतिमा लागू भयतापनी वास्तविक महिलाको समस्या समाधान गर्न भने लागू भएको पाइदैन । आज पनि लाखौ महिला तथा युवतीहरु महिनावारी भएको बेला फोहोर कपडा लगायर बस्न बाध्य छन । महिनावारीमा अत्यावश्यक पर्ने प्याडको दाम आकासियर नेपाली महिलाको पहुछ भन्दा माथी पुगेको छ । चाहादा चाहादै पनि सेनेटरी प्याड प्रयोग गर्न पाइरहेका छैनन । प्रजातान्त्रिक संघीय लोकतान्त्रिक देश भनेर खोक्रो भाषण र खोक्रो आश्वासन बाहेक नेपाली समाजका महिलाले सदै समस्याले थिचिनु परेको छ । बाहिरी संघ सस्थाले बिधालय तथा समुदायका लागि पठाएको प्याड नगरपालिकाको भवनमा थन्किएर बसेको छ । सरोकारवाला निकाए र ब्यक्तिहरु मौन भएर बसेका छन ।

आजको बैज्ञानिक प्रणाली को युगमा आयर पनि महिलाहरु छाउगोठमा भेटिनु भनेको समाज र राष्ट्रमा १% पनि बिकास न हुनु हो । शहर बजारमा भन्दा पनि गाउँ टोल र पिछडिएका ठाउमा गएर महिनावारीको बारेमा जनचेतना फैलाउन सबैभन्दा आवस्यक छ । महिनावारीलाई अभिसाप मान्ने नेपाली समाजमा महिनावारी बिना स्रुष्टिको कल्पना पनि गर्न सकिदैन भन्ने कुरा बुझाउन जरुरी छ सका लागि नगरपालिकामा थन्किएर रहेका प्याड बोकेर सरोकारवाला ब्यक्ति समाज र सामुदायिक बिधालयमा पुग्नु पर्छ । प्याडमा कर बढाउने होइन सरकारले कसरी सुलभ दरमा प्याड बितरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु अहिलेको मुख्य आवश्यकता हो । घरमा भएका कपडा बाट पुन प्रयोग गर्न मिल्ने गरिको सेनेटरी प्याड बनाउने तालिम हरेक समुदायका महिलालाई दिन सकेमा कुनै पनि महिलाले प्याडको अभावमा फोहोर कपडाको प्रयोग गरि प्राण घातक रोगको सिकार हुनु पर्ने छैन । गाउँ गाउमा स्वयंसेविका खाटाएर स्वास्थ महिनावारीको सन्देश फैलाउनु पर्छ । महिनावारी नहुदा छोरी घरकी देवि हुन भने महिनावारीमा पनि छोरी घरकी देवि हुन भन्ने धारणा सबै नेपाली घरमा आएमात्रै नेपाली समजमा छाउगोठको अन्त्य र सबै महिलाहरु स्वास्थ र सुरक्षित हुन्छन ।

    नाम: मुना बिष्ट 

     ठेगान : सुनसरी 

     सम्पर्क : ९८०५३१५७३९

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार