मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

बाँकेका सेराज खान सहित १८४ जना प्रेस सेन्टरको केन्द्रीय समितिमा निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
केन्द्रीय पदाधिकारीको टुगों केन्द्रीय समितिले लगाउने
१९ मंगशिर २०७८, आइतबार

चितवन । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

१८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह, दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन माग, साना लगानीका मिडियाको संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न माग, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बिमा लागू गर्न माग गरेको छ ।

सेन्टरको निर्वाचन समितिले बाँकेका सेराज खान, सुशिल लामिछाने र शिव सुनार सहित १८४ जना केन्द्रीय समितिमा परेका छन् । यता सेराज खान अल्पसंख्यकबाट सचिव बन्ने निश्चित भएको छ ।

महाधिवेशनको शनिबार उद्घाटन भएको थियो । महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै छ । जसमध्ये आठजना केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । महाधिवेशन हलले १८४ जनाको नाम हालबाट सर्वसम्मत पारित गरेको छ । अध्यक्षसहित पदाधिकारी केन्द्रीय कमिटीले सर्वसम्मत छनोट गर्ने भएको छ । 

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा जुगललाई बनाउने निश्चित भएको छ । केन्द्रीय कमिटीको बैठक बसेर आजै नाम सार्वजनिक गर्ने तयारी कमिटीले गरेको छ ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार