बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनालाई आउने स्थानीय निकायको निर्वाचनमा मेयर पदको उम्मेदवारी दिन नागरिक स्तरबाट दबाब सुरु भएको छ ।
कोरोनाको संकट शुरु भएको दिनदेखिनै कोरोना रोकथाम, उद्दार, उपचार र राहत वितरणमा अब्बल साबित भएका बेहना जनताको मन मष्तीस्क र ह्रदयमा बस्न सफल भए ।
स्थानीय नागरिकहरु भन्छन्, वडा अध्यक्ष बेहनाले आफ्ना नागरिकलाई निःशुल्क उद्दार, दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण, गरिब तथा न्युन आय भएका किसान मजदुरहरुलाई खाद्यन्न लगायत आवश्यक सामग्रीहरु वितरण गरेका थिए । भने दोस्रो भेरियन्टको प्रभावबाट प्रभावित आफ्ना नागरिकहरुलाई सङ्क्रमणबाट बचाउन वडामै आईसोलेसन अस्पताल सञ्चालन गरि उपचार गर्नुका साथै भेरी अस्पतालमा अक्सीजन नपाएर कोरोना संक्रमीतहरुको मृत्यु हुन सुरु भएको जानकारी पाउने बित्तिकै अस्पताललाई नगद २ लाख रुपिया अक्सीजन खरिदका लागि प्रदान गरे पछि नेपालगंजमा मात्र नभई देश बिदेशमा बेहनाको प्रशंसा भएको थियो ।
भेरी अस्पतालमा अक्सिजनको अभाव भइरहेको बेला अक्सिजनको खरिदका लागि व्यक्तिगत रुपमा लाखौँ रुपिया दिने नेपाल कै पहिलो व्यक्ति हुन सफिक बेहना । उनले गरेको मानवीय कार्यले जनताहरु मेयर बनेको देख्न उत्साहित छन् । बेहनाको कार्यकाल सकिनै लाग्दा नेपालगंजको मेयर पदमा चुनाब लड्न जनस्तरबाट चौतर्फी रुपमा माग उठिरहेको छ । नउठोस पनि किन ? जसले असम्भव मानिएको नेपालगंज ४ को सहरी स्वास्थ्य प्रवद्धन केन्द्रको निमार्ण देखि शिक्षा संगै सडक, नाला फोहर व्यवस्थापनको काम फिल्मी शैलीमा गरेर वडालाई नमूना बनाउने काम गरे । वडा अध्यक्ष बेहनाले गरेको कामले हरेक नेपालीको हृदयमा बस्न सफल भएका छन् । बर्षोदेखिको अव्यवस्थित वस्तीलाई व्यवस्थित मात्र गरेन्न, नागरिकहरुको जीवनशैली नै रुपान्तरण गरिदिए ।
नागरिक स्तरबाट मेयर पदको उम्मेदवारी दिने चर्को दबाब आए पनि उनले प्रतिनिधित्व गर्ने दल राप्रपाले टिकट कसलाई दिने निर्णय गरी सकेको छैन् । यता जनप्रिय वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले जनताको दबाब धेरै रहेको बताउदै भने पार्टीले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताए ।
नेपालगंज नगरपालिका अन्तगर्तका स्थायी बासिन्दा उनि कार्यकर्तामाझ नरम धारका भनेर चिनिन्छन । पार्टीले जिम्मेवारी दिँदा जुनसुकै भुमिकामा पनि सन्तुष्ट हुने बेहना जिल्ला मात्र नभएर देश बिदेशमा आफ्नो पहिचान छोड्न सफल व्यक्ति हुन । खासगरी कार्यकर्ता व्यवसायिक र सिर्जनशिल हुनुपर्छ भन्ने धारणा राख्ने उनि व्यवसायिक व्यक्तिहरुको हितका लागि समेत लड्दै आएका छन । आगामी निर्वाचनमा उनले आफ्नो उम्मेद्धारीको विषयमा खुलेर प्रकट नगरेपनि भित्रि इच्छा भने नगरपालिकाको मेयर नै हो भन्ने कार्यकर्ताहरु बताउछन् ।
देशका हरेक भुगोल र सामाजिक अवस्था बुझेका बेहना जिल्लामा पार्टीलाई अप्ठ्यारो परेको समयमा माहोल बनाउन सक्ने भनेर समेत चिनिन्छ । राजनितिक कोणबाट कार्यकर्तामा राम्रो छाप छोड्न सफल उनि पार्टीको साँगठनिक काममा दखल राख्नेमा पर्छन । नगरपालिकाको मेयरको दौडमा रहेका उनि पार्टीले टिकट दिए आफु पछि नहट्ने पक्षमा छन ।
उनका अनेक अधुरा परियोजनाहरु पुरा गर्न र शिक्षा क्षेत्रमा अझै अधिकतम छलाङ्ग मार्न एक कार्यकालका लागि बेहनालाई नगरपालिकाको नेतृत्व दिनुको विकल्प छैन् ।
स्थानीय सुरेश खत्री भन्छन्,निशर्त एक कार्यकाल बेहनालाई नै निर्वाचित गराउनु पर्छ । मेरो देशले सबै क्षेत्रमा बेहना जस्तै व्यक्ति पाओस । मेरै पालामा समुद्ध नेपाल देख्न मात्र होइन, महशुस पनि गर्न पाइयोस् । बेहनाले नेपालगंज ४ कोे बागडोर सम्हालेको पाँच वर्ष पुग्दै छ र त वडा समृद्ध छ ।
मेरो लागि सफिक बेहना गरिब, मजदुर, शोषण दमनमा परेका व्यक्तिहरुको प्रकाशको किरण हो । सम्पूर्ण नगरबासीको मुटुको ढुकढुकी हो । राप्रपाले मेयर पदको टिकट देला वा नदेला तर बेहनाले वडाको विकास र कोरोनाको संकटमा अविस्मरणीय काम गरेका छन् । देश र जनतालाई लगाएको गुणको कारण सम्पूर्ण नेपालीले बिकास प्रेमी नायकको रुपमा बेहनालाई सधै सम्झिरहनेछन् ।