वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

यूथ टुडे समाचारदाता 3359+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

वालिङ । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ । 

सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै आज नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । आज पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकम लुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यक भन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रति झनै शंका पैदा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार