मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

डुडुवाको गाउँसभा एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिष्कार

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।
८ असार २०८०, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा घेराउ गरेका छन् । वडा अध्यक्ष मिश्रले कानूनसम्मत माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताए ।

उनले भने, ‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको एमाले नेता शकिल अहमद खानले जानकारी दिए ।

चैतमा वितरण हुनुपर्ने भत्ता हालसम्म वितरण नभएको आन्दोलनमा उत्रिएका जनप्रतिनिधीको भनाइ छ । यसअघि एमाले र जनता समाजवादीबाट निर्वाचित वहुमत कार्यपालिका सदस्यहरुले संयुक्त आन्दोलन गरेका कारण चालु आवमा ६ महिना ढिलोगरी गाउँसभा भएको थियो ।

अहिले जसपाबाट निर्वाचित जनप्रतिनिधीलाई साथमा लिएर बहुमतका आडमा अध्यक्ष नरेन्द्र चौधरीले बलमिच्याइ गरेको खानले आरोप लगाए । पहिलो चरणमा माग पूरा नभए दोस्रो चरणमा थप कार्यक्रम गरिने एमालेले जनाएको छ । अध्यक्ष चौधरीले सबै पक्षलाई मिलाएर गाउँपालिका चलाउन खोज्दा अवरोध हुनेगरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार