मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

ओलीको प्रश्न : क्विन्टल सुन ६१ केजीमा कसरी झर्‍यो ?

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आरोप लगाएका छन् । भन्सार जाँचपास भएर सिनामंगलमा बरामद भएको सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो ? भन्दै ओलीले प्रश्नसमेत गरेका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफलमा बोल्दै अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन आयोग नबनाउँदा सुन झर्दै गएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्‍यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’

एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । उनले भने, ‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?’

अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गर्दै ओलीले भने, ‘एयरपोर्टबाट सुन बगिरहेको छ । अरु खुल्ला भन्सारको अवस्था झन् कस्तो होला ?’ उनले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार