मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको बार्षिकोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
कार्यक्रमका विशिष्ट अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले असल र सक्षम नागरिक बन्नका लागि बालवालिकालाई पौष्टिक आहार साथै राम्रो शिक्षाको आवश्यकता पर्ने बताउदै
२२ पौष २०७९, शुक्रबार

बाँके । जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र बिनौनाको दोस्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । 

कार्यक्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले राप्ती सोनारी आसपासका समुदायको विकासमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रले असहाय वाललालिकाको गासवाससँगै अध्ययनका लागि गरेको योगदान अतुलनिय रहेकोले विगतमा गरेको सहयोग जस्तै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमका विशिष्ट अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले असल र सक्षम नागरिक बन्नका लागि बालवालिकालाई पौष्टिक आहार साथै राम्रो शिक्षाको आवश्यकता पर्ने बताउदै उहाँले बालबालिकाको सुन्दर भविष्यका लागि केन्द्रले सञ्चालन गरेको बालगृहलाई सबैको साथ सहयोगको आवश्यता रहेको वताउनुभयो । केन्द्रमा आश्रित वालबालिकाको लागि नरैनापुरका तर्फबाट सक्दो सहयोग गर्ने समेत उहाँले बताउनु भयो । नरैनापुरले सहयोग गरे संगै उक्त केन्द्र संचालनमा आएको थियो ।  

यस्तै राप्तीसोनारीका उपाध्यक्ष मनिषा सिहं थारुले अभिभावक बिहिन बालबालिकाको पठनपाठन र जीवनयापनमा केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै राप्तीसोनारी गाँउपालिकाबाट बिशेष सहयोगका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार