मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

धनगढी उपमहानगरपालिकामा तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु

महमूद आलम खान 1132+ समाचार ( )
धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम सुरु भएको छ ।
२ पौष २०७८, शुक्रबार

हेमराज भट्ट

कैलाली । धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । 

युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्य र बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजनामा क्षमता अभिबृद्धी तालिम सञ्चालन भएको हो । 

पौष २ गते देखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय अध्यक्ष रमेश सीटौलाले तीन दिनसम्म सञ्चालन हुने तालिमले बालबालिका तथा युवाहरुको व्यक्तिव विकास हुने बताए ।

यस्तै उद्घाटन कार्यक्रममा धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशीले बासले सञ्चालन गर्न लागेको तालिम वालवालिका तथा युवाहरुकालागि महत्वपुर्ण रहेको उताईन ।

उनले नगरका बालबालिकाहरुलाई क्षमता अभिबृद्धी तालिम दिन पाउदाँ खुशी लागेको भन्दैतालिमको सफलताको शुभकामना ब्यक्त गरिन् । कार्यक्रममा बासमा सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले तालिम सफलताको शुभकामना व्यक्त गरे । 

तालिमको उद्घाटनमा बासमा कार्यक्रम संयोजक हेमराज भट्ट कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । बास कैलालीका सल्लाहकार प्रेम ढुङ्गानाले स्वागत गरेको तालिमको सञ्चालन बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए । 

बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशी र रमेश सिटौलाले सहजिकरण गरेका छन् । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार