बाँके । बाँकेको नरैनापुर गाउँपालिका जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको योजना अनुसार गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको हो ।
गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सुरु गरेको हो । नरैनापुर गाउँपालिकाको वडा नं १ बाट जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने अभियान थालेको हो । वडा कार्यालयका जनप्रतिनिधिको सहभागितामा स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण सुरु गरेको वडा नं १ का अध्यक्ष इसाक जोलाहले बताउनु भयो ।
गाउँपालिका भित्रका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले पालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सुरु गरेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनुभयो ।