मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |
मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |


मिश्रालाई मत नदिन नेपालगञ्जका सचेत नागरिकहरुको अपिल

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्जबासीप्रति उनले गरेको ‘गद्दारीको दाग’ कहिले पनि पखालिएर नमेटिने नेपालगञ्जका सचेत नागरिकहरु बताउँछन् ।
२४ वैशाख २०७९, शनिबार

बाँके । नेकपा एमाले तर्फका नेपालगञ्ज उपमहानगरपालिका मेयर पदका उम्मेदवार पशुतिदयाल मिश्रा पदकै लागि पार्टी परिवर्तन गर्दै आइरहेका छन् । उनी नेकपा एमाले भन्दा पहिला तराई मेधेश लोकतन्त्रिक पार्टीमा केन्द्री सदस्य एवं पार्टीका सहमहामन्त्री समेत मिश्रा रहेका थिए । त्यसो त एमालेकै चुनाव चिह्न लिएर बाँके क्षेत्र नं.२ बाट संघीय संसदका लागि उम्मेदवार बनेका थिए ।

अहिले आएर फेरी स्थानिय तहको निर्वाचनमा नेपलगञ्ज उपमहानगरपालिकामा मेयरमा उठेका मिश्रालाई नेकपा एमालेकै नाम नबताउने सर्तमा भने हामीहरुले मिश्रालाई किन भोट हाल्ने उनेले भने २०७४ सालको मधेश आन्दोलनमा रुपैडिया बाट नेपालमा ढुगा हान्ने मिश्रालाई किन भोट दिने म मेरो भोट प्रशान्त विष्टलाई दिन्छु उनले भने । 

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकामा चौथो स्थानमा रहेको एमालेले २०७९ को निर्वाचनमा विवादास्पद छवी भएका पशुपतिदयाल मिश्रालाई उम्मेदवार बनाएको छ । उनीहरु पद र टिकटकै लागि विभिन्न पार्टीका दैलो चाहारेर अहिले एमालेको दैलोमा पुगेका छन् ।

त्यसो त २०७२ बैशाख १२ को महाभूकम्पले नेपाललाई क्षतबिक्षत बनाएको केही समयमै मधेसमा आन्दोलन सुरुवात भएको थियो । नेपाली नागरिकले भूकम्पको पीडा भुल्न नपाउदै फेरि मदेशमा अर्को आन्दोलनको सुरुवातसँगै नेपालगञ्जको सिमा नाका जमुनाहापारि रुपैडियाबाट आफ्नै देशमा ढुङ्गामुढा बर्साउने कमाण्डर मिश्रा नै हुन् ।

अहिले पनि नेपालगञ्जबासीले उनलाई राष्ट्रघातीका रुपमा चित्रण गर्दै आएका छन् । छिमेकी देशको भूमीबाट आफ्नै देशतिर फर्किएर ढुङ्गा हान्ने आन्दोलनको कमाण्ड गरेर नेपाली नागरिक र नेपालगञ्जबासीप्रति उनले गरेको ‘गद्दारीको दाग’ कहिले पनि पखालिएर नमेटिने नेपालगञ्जका सचेत नागरिकहरु बताउँछन् ।

‘आफ्नै आमाको छातीमा ढुङ्गा बर्साउनेलाई कसले मत दिन्छ ?’ नेपालगञ्जका एक जना स्वतन्त्र मतदाता भन्छन्, ‘उनलाई आफ्नी आमाभन्दा छिमेकीकै आमाको माया बढी छ, नेपालगञ्जमा निर्वाचन लड्नुभन्दा रुपैडिहातिरै गएर निर्वाचन लडेको भए राम्रो हुने थियो, खै कुन मुखले यतातिर आएर चुनाव लडिरहेका छन् ।’

त्यसो त एमालेकै चुनाव चिह्न लिएर बाँके क्षेत्र नं.२ बाट संघीय संसदका लागि उम्मेदवार बनेका थिए । त्यसबेला पनि उनलाई ‘पारिबाट वारि ढुङ्गा हान्ने’को आरोप लागेको थियो । त्यतिबेलाको निर्वाचनमा पराजय व्यहोरेपछि केही समय सेलाएका मिश्रा टिकटकै लागि एमालेमा प्रवेश गरेर अहिले मेयरको उम्मेदवार बनेका छन् ।

‘उनको उम्मेदवारीले एमालेभित्रै चरम असन्तुष्टि छ । एमालेका मतदाताले बैशाख ३० गतेलाई पर्खिरहेका छन् । ‘पारिबाट वारि ढुङ्गा हान्ने’लाई कसरी मत दिन सकिन्छ ?’ एम जना एमाले निकटका मतदाताले भने, ‘उनको विकल्पमा अरु पार्टीकै किन नहोस् राम्रो, योग्य र विकासप्रेमी व्यक्तिलाई भोट दिने हो ।’

उनी मेयरको उम्मेदवार बनेसँगै सामाजिक सञ्जालमा मात्रै होइन, आम नेपालगञ्जबासीका बीचमा आलोचित बन्दै गएका छन् । नेपालगञ्जमा एमाले फुटको असर पनि स्थानीय तह निर्वाचनमै देखिनेछ । विगतमा माधव नेपालको समर्थनमा उत्रिएका तर अहिले एमालैमै रहेकाहरुले पनि पशुपतिलाई हराएर देखाइदिने आन्तरिक तयारी गरेका छन् ।

‘एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेलगत्तै मेयरको टिकट हत्याउन सफल भएका पशुपतिलाई हराएर ओलीकै सेखी झारिदिने तयारीमा छौं,’ नेपालगञ्ज नगर स्तरीय एक जना एमाले नेताले नाम नबताउने सर्तमा भने, ‘हाम्रो पनि नैतिकताको सवाल छ, पशुपतिलाई कुनै हातलमा जित्न दिँदैनौं ।’ स्रोत लाईभपाटी


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार