बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् ।
पौडेलसहित गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।
गाउँपालिकामा वडा नम्बर १,२,३,८ र ९ मा एमाले विजयी बन्दा वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित बनेका छन् । वडा नम्बर ६ मा भने राप्रपा विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।