मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

नरैनापुरमा मुस्लिम समुदायले मनाए मोहम्मद डे

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

नरैनापुर । आपसी सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकतालाई जोड्दै राष्ट्रिय गानसँगै नरैनापुरमा मुस्लिम समुदायले ‘मोहम्मद डे’ मनाएका छन् । मुस्लिम समुदायको धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा ‘मोहम्मद डे’ मनाइएको हो ।

मुस्लिम समुदायले राष्ट्रिय गान सहित कार्यक्रम शुभारम्भ गरी नरैनापुरको कटकुइया, लक्ष्मणपुर, बालापुर, मटेहिया, जमुनीबाट निस्किएको जुलुस लक्ष्मणपुर पुगेर एकिकृत भई समापन भएको थियो ।

राष्ट्रिय एकताका लागि नेपालको राष्ट्रिय झण्डा सहित इस्लाम धर्मको झण्डा बोकेका मुस्लिम समुदायले यस पटक मोहम्मद डे लाई आपसी सद्भाव र धार्मिक स्वतन्त्रता र राष्ट्रिय अखण्डता र भाइचारा कायम गर्दै मनाउँदा सबै वर्ग र समुदायबिच आपसी सम्बन्ध प्रगाढ हुने भन्दै सोही अनुरुप मनाएको नरैनापुर गाउँपालिका अध्यक्ष एवं मुस्लिम अगुवा इश्तियाक अहमद शाहले जानकारी दिए ।

केहि तत्वहरु पालिकामा धर्मको नाममा केही उच्छृङ्खल व्यक्तिहरूले  विखण्डन ल्याउन खोजेको भन्दै नेपालीहरू बिचको आपसी सद्भावलाई कुनै शक्तिले फुटाउन नसक्ने मुस्लिम अगुवा इश्तियाक अहमद शाहले बताए ।

नरैनापुर गाउँपालिकाले ‘मोहम्मद डे’ मनाउन आज सार्वजनिक बिदा समेत दिएको छ । नरैनापुर गाउँपालिकाको बुधबार बसेको बैठकले पालिका भरि बिदा दिने निर्णय गरेको थियो ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा मोहम्मद डे मनाइँदै आएको नरैनापुर १ का वडा अध्यक्ष इसाक जोलाहले जानकारी दिए । नरैनापुरमा निकालिएको र्यालीमा बिभिन्न राजनितिक दलका नेताहरु, हिन्दु अगुवा र मुस्लिमहरुको बाक्लो उपस्थिति रहेको थियो ।ा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार