मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


साक्षरता कक्षाले अलिया किङ्गरियाको दैनिकी फेरियो

महमूद आलम खान 1132+ समाचार ( )
औँठा छाप (ल्याप्चे) लगाउँदा अरुको हेपाई खेप्नु पर्यो । अव यस्तो हेपाई खेप्नु पर्दैन,’ खुसी हुँदै उनले भनिन्, ‘अव त म पनि साक्षर भएँ
१० वैशाख २०७९, शनिबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका २२, किंगरियनपुर्वाकी २२ वर्षिया कुस्नुमा किङ्गरियाको काखमा ९ महिनाको छोरा छ । घर धन्धा, छोराको लालनपालनमा ब्यस्त रहने उनी फुर्सदको समयमा पढ्न र लेख्न सिक्छिन् । भाईबहिनीको स्याहार सुसारमा उनको बाल्यकाल वित्यो । त्यसैले उनले पढ्ने मौका पाइनन् । ‘साथीभाई विद्यालय गएको देख्दा जान मन लाग्थ्यो, तर भाईबहिनीको स्याहार सुसार र घर धन्धाले पढ्ने मौका जुरेन,’ उनले भनिन्, ‘उपमहानगरले साक्षरता कक्षा संचालन गरेपछि पढ्ने अवसर पाएँ ।’

उनी उपमहानगरले दिएको अभ्यास पुस्तिकामा अक्षर लेख्ने अभ्यास गर्छिन् । ९ महिनाको छोरा बोकेर साक्षरता कक्षामा सहभागी भएको बताइन । साक्षर नभए उपमहानगरले दिने सेवासुविधा कटौती गर्ने नीति बनाएपछि साक्षरता कक्षामा सहभागी भएको बताइन् । ‘पढ्न, लेख्न नजान्ने हो भने पछाडी परिने रहेछ । पढ्न, लेख्न नजान्नेलाई सवैले हेप्दो रैछन्,’ उनले भनिन्, ‘हिजो अवसर नपाएर पढ्न पाइएन । आज अवसर जुरेको छ । बाबुलाई काखी च्यापेर भए पनि पढ्न सिकेको छु ।’

सोही ठाउँकी २० वर्षिया अलिया किङ्गरिया पनि साक्षरता कक्षा मार्फत साक्षर बन्ने मौका पाएको सुनाइन् । यसअघि उनलाई ‘कालो अक्षर भैँस बराबर’ लाग्थ्यो । तर अहिले उनी आफ्नो पढ्न र आफ्नो नाम लेख्न सक्ने भएकी छन् । उनले साक्षर बनाएर उपमहानगरले ठूलो गुण लगाएको बताइन् । ‘औँठा छाप (ल्याप्चे) लगाउँदा अरुको हेपाई खेप्नु पर्यो । अव यस्तो हेपाई खेप्नु पर्दैन,’ खुसी हुँदै उनले भनिन्, ‘अव त म पनि साक्षर भएँ । चिट्ठी पत्र आए वा मोवाइलमा म्यासेज आए आफै पढ्न सक्छु । आफ्नो गोप्य कुरा अरुलाई देखाउन नपर्ने भयो ।’

किङ्गरियनपुर्वाकी राबिया बानोको अनुहार उज्यालो भएको छ । सामान्य लेख, पढ गर्न जान्ने भएपछि उनको अनुहारमा चमक आएको हो । बालबच्चाको रेखदेखमै दिन बिताउने ६ महिनाका छोरी लिएर साक्षरता कक्षा पुग्ने गरेको बताईन । ‘घरको सवै काम धन्धा भ्याएर साक्षरता कक्षामा सहभागी हुने गरेको थिए,’ उनले भनिन् ।

गत फागुन मसान्त भित्र नेपालगन्जलाई साक्षर घोषणा गर्ने अभियान संचालन गरे पनि बैशाख ८ गते उपमहानगरले साक्षर पालिका घोषण गरेको छ । विद्यालय जान नपाएर साक्षर हुन नपाएकालाई उपमहानगरले साक्षर बनाउने अभियान थाले थियो । उक्त अभियान नेपालगंजमा सफल भएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले टोल–टोलमा साक्षरता कक्षा संचालन गरेको र उक्त साक्षरता कक्षामा आएर सहभागी भएकाहरु साक्षर बनेको कारण आज नगरपालिकालाई साक्षर घोषणा गर्न सफल भएको बताए ।

शिक्षा पाउन नसकेका टोल बस्तीको छनोट गरि विशेष कक्षा सञ्चालन गरिएको उपमेयर उमा थापा मगरले बताइन् । विपन्न, लोपोन्मुख तथा सिमान्तकृत समुदायलाई लक्षित गरि साक्षरता अभियान थालिएको उनको भनाई छ । ‘किंगरिया, मगन्ता, कुच्बधिया, चिडिमार लगायतका लोपोन्मुख, विपन्न र सिमान्तकृत समुदायलाई साक्षरता कक्षामा अनिबार्य सहभागी गराउने गरी साक्षरता कक्षा सञ्चालन गरेका थियो,’ उनले भनिन् ।

नेपालगन्ज उपमहानगरका १५ हजारलाई साक्षर बनाउने उद्देश्यका साथ संचालन गरिएको अभियान सफल बनेको उनले बताइन् । उनले यसका लागि उपमहानगरका प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिकाहरुको महत्पूर्ण रहेको बताइन् । ‘नेपालगन्जका एक सय ३० स्थानमा साक्षरता कक्षा सञ्चालन गरी साक्षर बनाउने काम गरिएको थियो,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार