मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
२१ असार २०८२, शनिबार

काठमाडौँ । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती विधेयक माथि भएको भनिएको छेडखानीबारे छानविन गर्न विशेष संसदीय समिति बन्ने भएको छ । 

सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच आज भएको छलफलमा संघीय निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको तोडमोडबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्ताैलाले जानकारी दिनुभयो ।

छानविन समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सदस्य रहने सहमति भएको एमाले मुख्य सचेतक बर्ताैलाले बताउनुभयो ।

बैठकमा संसदीय छानविन समितिले सकेसम्म छिटो प्रतिवेदन दिने गरी कार्यकाल तोक्ने र संसद्को आगामी बैठकबाट आजको निर्णय अनुमोदन गर्ने पनि सहमति भएको एमाले मुख्य सचेतक बर्ताैलाले जानकारी दिनुभयो ।

यस्तै, छानविन समितिको नेतृत्व र दलहरूका तर्फबाट छानविन समितिमा रहने सदस्यहरूको नाम आगामी कार्यव्यवस्था समितिको बैठक अगाडि सभामुखलाई उपलब्ध गराउने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार