मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |
मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |


पब्लिक स्पिच बाँके सम्पन्न, युनाईटेड स्कुलकी कृतिका प्रथम

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

बाँके । बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच– सिजन २ (सार्वजनिक मन्तव्य) प्रतियोगिताको फाईनल अडिसन सम्पन्न भएको छ ।

बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको थियोे । 

बास नेपालको आयोजनामा मंगलबार सम्पन्न फाईनल राउण्डमा ११ जना सहभागिहरुबाट युनाईटेड एजुकेशनल एकेडेमीका छात्रा कृति फुयाँल प्रथम, जनता नमुना मा.बि खजुराकी छात्रा कोषिका खड्का द्धितिय, सेन्टथोमस स्कुलकी छात्रा कृतिका थापा तृतिय हुन सफल भएका छन् भने त्रिभुवन नमुना मा.बि. कोहलपुरका नवराज भट्राईले सान्तोना स्थान प्राप्त गरेका थिए । 

बिजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र, ट्रफि प्रदान गरिएको थियो । यसैगरी पब्लिक च्वाईस अवार्ड श्री चन्द्र मेवालाल स्कुल नेपालगञ्जकी छात्रा एन्जेलिना बुढाले प्राप्त गरेकि थिईन् । उनलाई ५ हजार नगद सहित प्रमाणपत्र, ट्रफि प्रदान गरिएको थियो । 

पब्लिक च्वाईस अवार्ड सामाजिक सञ्जालमा सबै भन्दा बढि भ्युजका आधारमा छनौट गरिएको थियो । 

बिजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथी लुम्विनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्ले, के.एल. दुगड ग्रुपका प्रबन्धक प्रदिप छाछेड, बरिष्ठ पत्रकार पूर्णलाल चुके, पत्रकार एवं भेरी अस्पताल विकास समितिका सदस्य डाक्टर डक्ट धिताल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले बिद्यार्थीहरुको बौद्धिक क्षमता बिकासका लागि पब्लिक स्पिच कार्यक्रम महत्वपूर्ण भएको बताए । 

बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । 

कार्यक्रममा बास नेपालको साधारण सदस्यको रुपमा कार्यरत रहि प्रदेश सभा सदस्य पदमा समानुपातिक प्रणालीबाट निर्वाचित माननीय लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् । कार्यक्रममा दृष्टिबिहिन गायक रिदम रोकायले गित प्रश्तुत गरेका थिए भने गृष्मा राना, हिमानी बटाला, पूर्बि बि.क.ले नृत्य प्रश्तुत गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा नेपाल जेसिजका पूर्ब राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्ण, पत्रकार कृष्ण अधिकारी, रेयुकाईकी प्रमुख शशि सिंह रहेका थिए । कार्यक्रममा निर्णायक रबिन्द्र कर्णले नियमहरु बारे बताएका थिए भने निर्णायक शशि सिंहले नतिजा सार्वजनिक गरेकि थिईन् । 

कार्यक्रममा सहयोगी, निर्णायकहरुलाई मायाको चिनो, प्रशंसा पत्र प्रदान गरिएको थियो ।

आज सम्पन्न अडिसन राउण्डमा सहभागिहरुलाई स्थलमैं बिषयस्तु गोला प्रथाका माध्यमबाट दिईएको थियो । सहभागिहरुले दिगो बिकासका लागि सुशासन, मेरो देश, मेरो गौरव र नैतिक शिक्षाका बारेमा बक्तव्य दिएका थिए । 

के.एल. दुग्गड ग्रुप मूख्य प्रायोजक रहेको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका, सिएसटि होटेल एण्ड पार्टी प्यालेस, यति सिमेण्ट, सोफिया रेसिडेन्सियल स्कुल, जिभिए कलेज, लक्ष्मी सरस्वति पोलिक्लिनिक, सिस्ने कन्सट्रक्सन, ढकाल कानुनी सेवा केन्द्र, ग्लोवल आईएमई बैंक, नेपालञ्ज सेन्टजिभियर्स स्कुल, अमृत बुक्स एण्ड स्टेशनरी, क्युएफएक्स सिनेमाज, तस्विर डिजिटल, असल शासन मिडिया, डटवक्स, वाईफाई नेपाल, ईन्फो एण्ड टेक्नोहवको सहयोगमा प्रतियोगिता भएको थियो । 

प्रतियोगिताको अडिसन राउण्ड माघ १८ गते सम्पन्न भएको थियो । उक्त राउण्डमा ३७ जना सहभागि थिए । उक्त राउण्डबाट सेमि फाईनलमा २१ जना प्रबेश गरेका थिए । सेमि फाईनल माघ २५ गते सम्पन्न भएको थियो । सेमि फाईनलबाट ११ जना फाईनल राउण्डमा प्रबेश गरेका थिए । 

प्रतियोगिताको अडिसन राउण्डमा सहभागिहरुले आफै बिषय छनौट गरि बोलेका थिए जसको लागि ३ मिनेटको समय दिईएको थियो । अडिसन राउण्डको निर्णायकको भुमिकामा ठूलीभेरी नगरपालिका डोल्पाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष खड्का, पत्रकार कृष्ण अधिकारी, खजुरा क्याम्पस प्रमुख चरित्रा शाह रहेका थिए । 

सेमि फाईनलमा सहभागिहरुलाई बिषयबस्तु दिईएको थियो । बिषयबस्तुमा रहेर सहभागिहरुलाई ५ मिनेटको समय दिईएको थियो । सेमि फाईनल राउण्डको निर्णायकमा लुम्विनी प्रदेश सभा सदस्य रत्न खत्री, पत्रकार रुद्र सुवेदी र शिक्षाबिद् किरण आचार्य रहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार