नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ।
अध्यक्षमा जसपाका इस्तियाक अहमद शाह ३१३७६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्छ्याइरहेका कांग्रेसका रामचन्द्र मार्यले २६५५ मत पाएका छन् । एमालेकी पदमावती यादवनी तेस्रोमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा भने जसपाकि जयन्तीदेवी श्रीवास्तव २४७६ मतका साथ अगाडि छिन् । दोस्रोमा रहेकी काग्रेसकि अतिकुन निशाले भने २४४६ मत पाएकी छिन् । एमालेका पंचराम यादव १३९० मत पाएका छन् । मतगणना जारी रहेको छ ।