मुख्य समाचार
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक | बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न | भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न | ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र | रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति | अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण आविष्कार केन्द्रले बनायो | मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने | पत्रकार महासंघ निर्वाचन ः रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता | नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा | नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती |
मुख्य समाचार
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक | बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न | भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न | ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र | रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति | अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण आविष्कार केन्द्रले बनायो | मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने | पत्रकार महासंघ निर्वाचन ः रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता | नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा | नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती |


अब प्रतिशोधलाई सबैले बिर्सनुस्

यूथ टुडे समाचारदाता 2339+ समाचार ( )
कैद मिनाहा र आम माफी बक्सिनु र दिईनुको हाम्रो लामो इतिहास छ।
५ असार २०८०, मङ्गलबार

 जयप्रकाश प्रसाद गुप्ता

कैद मिनाहा र आम माफी बक्सिनु र दिईनुको हाम्रो लामो इतिहास छ। अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने? यही द्विविधासंगै हिडेको छ यो इतिहास। संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रांतिकारी कहलिएका छन्। जो असफल भए ति अपराधी भए। तिनलाई उन्मुत्ति दिईनु हुन्न् भनिन्छ।  एमालेका रत्न वान्तवा पंचायत कालमा अपराधी सरह मारिए। उनीसंगै लागेकाहरू पछि माफी पाएँ अहिले राज्य भएका छन्। गिरिजा प्रसाद कोईराला, सुशील कोईराला उपर राज्य बिरूद्धको अपराध, बिमान अपहरणको मुद्दा थियो, बिमान अपहरणको मुद्दा चक्र बास्तोला समेतका उपर भारतमा पनि थियो। चक्र बास्तोलालाई ०४८ तिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन। गणेशमान् सिंहलाई भारतका राष्ट्रपतिले नेपालका दक्षिण एशियाका गांधी भनेका थिए। काँग्रेस कै चक्र बास्तोला तेतिंजेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा। 

 राजा बीरेन्द्रबाट नेकाका संस्थापक नेता सुवर्ण शम्सेर जबरा लगायत सयौंलाई आम माफी दिईएको थियो। सुवर्ण जीले नेपाली काँग्रेसको नेतृत्व गर्दै बि.स. ०१८ सालमा राजाका बिरूद्ध शसस्त्र बिद्रोह चलाएका थिए। कयौं सेना पुलिसको हत्या भयो। चितौनमा सेनाले पनि दर्जनौं काँग्रेसीलाई जीऊदै पुरेर मारेका थिए। ती अदना मानिसहरू थिएनन्। बखान सिंह गुरूंगका छोराहरू मारिए, पुरिए। जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन्। महान व्यक्तित्व बालकृष्णन समका ज्वाई, छोरी रश्मीका पति थिए। सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए। 

रामराजा प्रसाद सिंहलाई मुलुकको सर्वोच्च नागरिक पदक दिईयो। पदकको नाम मलाई याद भएन। कुनै समय, पंचायतको शासनमा, ०४२ तिर राष्ट्रिय पंचायतको भवनमा, राज परिवार संलग्न रहेको होटेल अन्नपुर्णमा कयौं बम बिष्फोट गराएका थिए। कयौं मानिसको ज्यान गयो। तेस बिषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिस्र, हरि भुजेल झोलहरू आज पर्यन्त बेपत्ता छन्। डा. लक्ष्मी नारायण झालाई थुनामा नै मारियो, संगै यातना भोगेका जनकपुरका युगलकिशोर कर्ण आज पनि कहाली लाग्दो संस्मरण सुनाउन छन्। गणेश साह जी अहिले माओवादी पार्टीका एक बौद्धिक नेताको रूपमा तेस घटनालाई याद गर्दा हुन्। यस बम काण्डका कारण रामराजा प्रसाद सिंहलाई मृत्यूदण्ड सुनाईयो। सर्वोच्च अदालतले सदर गर्यो। रामराजा प्र. सिंह, उनका भाई लक्षमण प्र. सिंहलाई मृत्यदण्डका साथ सर्वस्व हरण गरियो। करौडौं करोडको सप्तरी र सिरहाका जग्गाहरू सरकारले कब्जा गर्यो। मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्ण प्र. भट्टराई प्रधानमंत्री भएपछि पनि आममाफी दिईएन। बरू नेपाल मै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिदां पनि भारतका तत्कालिन प्रम चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए। फलतः मुलुकमा बहुदल पुनर्स्थापित भएपनि रामराजा प्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन्। तेस निर्वाचनमा रामराजा सिंहको पार्टीले भाग लिएको भए मधेस क्षेत्रमा नेपाली काँग्रेसलाई नोक्सान पुग्ने थियो–गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन्। 

सिके प्रसाई नेपाली काँग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूबिक्रम नेम्बांगका झैं। अनेकन् फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए। राजाबाट आममाफी पाएर मात्र नेपाल फर्किन पाएँ। सोचौं, यदि सिके प्रसाई, रामबाबु प्रसाई, भूबिक्रम नेम्बांग, मच्छेन्द्र केरूंग, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो कुनै समय बिभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनु परेको थियो–यदि आममाफी न दिईएको भए के हुन्थ्यो? अहिले चरण प्रसाई जी याद गर्दैनन्। तर, नेकाका ठूला नेता रामबाबु प्रसाई उपर त गौ हत्या कै मुद्दा चलाईएको थियो। रामबाबुले अदालत मै मुद्दा कबुलेका थिए। अदालतले त सजायँ नै तोकेको थियो। यदि राजनीतिमा माफी मिनाहाको कुरा नहुने भए यतिंजेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौं रामबाबु प्रसाई तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भै सकेको हुन्थ्यो। 

जन्म कैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यसअघि कैद मिनाहामा रिहा भए। एमालेले यसलाई मन पराएन, लगतै उनी एमालेमा प्रवेश गरे तेहाँका नेता भए। फेरी एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन। राजाको शासनमा दरवारका खिचलोका कारण कयौंका उपर गंभीर फौजदारी अभियोगमा मुद्दा चलाईयो। थुनुयो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गर्यो। यसै मध्येका पूर्व प्रहरी आईजिपी डिबी लामा बहुदल आएपछि माफी पाएँ। अरूहरूले पनि माफी पाएँ। डिबी लामा त सांसद पनि भए। कति लामो कथा कथु हजुरहरू ! 

रेशम चौधरी संलग्न रहेको भनिएको टिकापुर बारदातका बारेमा सत्य तथ्य आउनै बाँकी छ, आउँला। मैले जाने बुझेसम्म तेस घटना पछि “स्ट्रीट ट्रायल” को आधारमा प्रहरीले अनुसंधान गर्यो। प्रहरी स्वयं तेस बारदातको एक पक्ष हो। प्रतिशोधी पक्ष। मुद्दा दायर भयो, सर्वोच्च अदालत तक ले रेशमलाई दोषी करार गर्यो। अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो। समाज तरंगित भएको छ।

भारतका पूर्व प्रम राजीव गांधीको हत्या भयो। यो सामयिक संसार कै ठूलो र जघन्य आतंकवादी घटना थियो। कयौंका उपर अपराध साबित भयो। मृत्यूदण्ड तकको सजाय दिईयो। सोनिया गांधीले मृत्यूदण्ड न दिनोस् भनेर आग्रह गरिन। हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेंट गरिन र रिहा गरि दिनोस् भनी। समाजमा, मानिसहरूमा दण्ड भावनाको प्रचुरता भएर मात्र हुन्न् करूणाले पनि स्थान पाउनु पर्दछ। 

रेशम रिहा भए वा अन्यथा केही भएन भने रिहा हुनेछन्। अब प्रतिशोधलाई सबैले बिर्सनुस् र रेशमले जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून्। यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ। मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खि बसेको छ। अब सक्नु हुन्छ भने तेता तिर लाग्नुस् हजूर . (मधेश दर्पण फिचर सेवा)


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार