मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
धनौली प्रहरीको मौनताप्रति स्थानीय आक्रोशीत
२९ फाल्गुन २०८२, शुक्रबार

बाँके । खजुरा गाउँपालिका–७ उढरापुरस्थित सार्वजनिक प्रतिक्षालयमा खुलेआम लागुऔषध किनबेच भइरहेको स्थानीयवासीले बताएका छन्। प्रतिक्षालयमै दिनहुँ लागुऔषधको कारोबार भइरहे पनि नजिकैको इलाका प्रहरी कार्यालय धनौली भने निष्क्रिय बनेको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयका अनुसार नेपालगन्ज–गुलरिया रुटमा चल्ने हाईसका सवारी चालकदेखि बैंकका कर्मचारीसम्म उक्त प्रतिक्षालयमा लागुऔषध खरिद गर्न आउने गरेका छन्। प्रतिक्षालय क्षेत्र नै लागुऔषध कारोबारको थलो जस्तै बन्न थालेको भन्दै स्थानीय चिन्तित बनेका छन्।

स्थानीयले दिएको जानकारीअनुसार भारतको बलैगाउँबाट ठूलो परिमाणमा लागुऔषध ल्याइ उढरापुर गाउँ हुँदै सुर्खेतसम्म पुर्‍याउने गिरोह सक्रिय रहेको छ। सीमावर्ती क्षेत्रको खुला आवागमनको फाइदा उठाउँदै गिरोहले संगठित रूपमा कारोबार चलाइरहेको स्थानीयको दाबी छ।

प्रतिक्षालयमा खुलेआम कारोबार भइरहेको विषयमा इलाका प्रहरी कार्यालय धनौलीलाई पटक–पटक जानकारी गराइए पनि हालसम्म प्रभावकारी कारबाही नभएको स्थानीयको गुनासो छ। यसले प्रहरीको भूमिका माथि नै प्रश्न उठेको उनीहरूको भनाइ छ।

गोप्य सूचना दिँदा समेत प्रहरी सक्रिय नदेखिनु शंकास्पद भएको भन्दै केही स्थानीयले प्रहरीकै मिलेमतोमा कारोबार भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

स्थानीयले उक्त क्षेत्रमा भइरहेको लागुऔषध कारोबार तत्काल नियन्त्रण गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार