मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

त्रिकोणात्मक टी-२० सिरिजमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रबेश

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।

हङकङका लागि अन्सी रथले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक बाबर हायतले २० तथा अजिज खानले २५ रन बनाए। त्यस्तै स्कट म्याकचिनीले ११ रन बनाउँदा हरुन अर्सदले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। उच्च स्कोर बनाउने क्रममा नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि विश्व कीर्तानी १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई उच्च लक्ष्य दिएका थिए। मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी सम्भव बनाएका थिए।

यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए।

नेपालको उच्च लक्ष्यमा कुशल मल्ल ९२ तथा दिपेन्द्र सिंह ऐरीले ५७ रनको इनिङ खेलेका थिए। त्यस्तै आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रन बनाए। हङकङका लागि हरुन अर्सद, मोहम्मद घजानफारले २-२ विकेट लिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार