मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

काठमाडौं । गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा युवा राजनीतिज्ञ सागर ढकालले मन्त्रिपरिषद् बैठकले हिजो गरेको राजनीतिक नियुक्तिको कडा शब्दमा आलोचना गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्री कार्कीको तीब्र आलोचना भइरहेको छ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत विवादास्पद नियुक्तिको विषयलाई सार्वजनिक गर्दै सरकारको कार्यशैलीमाथि प्रहार गरेका छन्।

ढकालले राज्यका निकायहरू विज्ञताका आधारमा नभइ राजनीतिक पहुँच र “नातावाद”का आधारमा चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।  उनले उक्त नियुक्ति बदर गर्न माग गरेका छन्।

त्यस्तै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि उक्त नियुक्ति विषयलाई गम्भीर आपत्ति प्रकट गरेकी छन्।

जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’

म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री महाबिर पुनले पनि यी नियुक्ति र सिफारिस शत प्रतिशत गलत भएको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार