बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथि नेकपा एमालेका कार्यकर्ताहरूद्धारा आक्रमणको प्रयास भएको छ । रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भजित भेट्न गएका पहाडीले सोही क्रममा आफुमाथि एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् ।
नितान्त पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए । ‘भतिजलाई भेट्न आएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०-१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थालेँ’ पहाडीले भने –‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउदा सुरक्षित स्थानमा रहेको बताउँने पहाडीले विनाकारण आक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् ।
यता मुस्लिम पत्रकार क्लब नेपाल का अध्यक्ष आलम खानले घटनाको कडा शब्दमा निन्दा गर्दै आक्रमणकारीहरुलाई कानुनी दायरामा ल्याउन माग गर्नु भएको छ ।