बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं १६ का नव निर्वाचित वडा अध्यक्ष र सदस्यहरुले सोमबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष कलिम अहमद जोलाहले जनमतको कदर गरेर वडामा नमूना काम गरेर देखाउने बताए ।
यस्तै नेकपा माओबादी केन्द्र नेपालगंजका अध्यक्ष रत्न शाहीले पदभार कार्यक्रममा बोल्दै विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको बताएका छन् । नेपालगंज उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्षमा विजयी भएका कलिम अहमद जोलाहलाई सोमबार वडा कार्यालयमा पुगेर बधाई दिँदै उनले यस्तो बताएका हुन् ।
ुनिर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईलाई बधाई र कार्यकालको शुभकामना छ ।
नगर अध्यक्ष शाहीले नेपालगंज १६ मा जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो नेपालगंजमा पर्ने बताए । नेपालगंज १६ बाट निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरूलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । शाहीले भने त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाई सूचना लगायतका क्षेत्रमा तपाईंहरूको काम कारबाहीको प्रभाव सिंगै नेपालगंज र बाँके भरि पनि सन्देश दिने स्थानमा तपाईँहरू आउनुभएको छ । शाहीले विजयी जनप्रतिनिधिहरूलाई अब राम्रो काम गर्ने चुनौति रहेको तर्फ सचेत पनि गराए ।
यस्तै माओबादी केन्द्रका नेता आदेश अग्रवालले जनताको भावनाको कदर गरेर काम गर्न शुभ कामना दिएका थिए ।