मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

आज ‘तमु ल्होसार’ पर्व मनाइदै, देश भर सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
१५ पौष २०८०, आइतबार

काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्।

कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार