काठमाडौँ । नेकपा (एमाले) का नव निर्वाचित अध्यक्ष केपी ओलीले आज पद बहाली गर्ने भएका छन्। एमालेका नव नियुक्त उपमहासचिव विष्णु रिमालका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा हुने विशेष समारोहमा अध्यक्ष ओलीले पद बहाली गर्ने छन्। कार्यक्रममा सहभागी हुन एमालेले नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेको छ।

एमाले अध्यक्ष ओली हालै चितवनका सम्पन्न पार्टीको दसौँ महाधिवेशनमा नेता भीम रावललाई पराजित गरी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन्। महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।
