मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

बैजनाथ । बैजनाथ गाउँपालिका वडा नं. ७ मा सम्पन्न पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सिताराम थारू सहितको सम्पूर्ण प्यानलले विजय हासिल गरेको छ।

निर्वाचनमा थारू नेतृत्वको समूहले सबै पदमा प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन्। समितिको नव निर्वाचित नेतृत्वले आगामी दिनमा स्वच्छ खानेपानी सेवा विस्तार, सरसफाईको स्तर उकास्न तथा उपभोक्ताहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

यस ऐतिहासिक विजयप्रति नेपाली कांग्रेस बैजनाथ गाउँ कार्य समितिको तर्फबाट अध्यक्ष थारू र उनको सम्पूर्ण प्यानललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।

नेपाली कांग्रेस बैजनाथले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, "समितिको नेतृत्वमा निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा पेडारी क्षेत्रका जनताको सेवा, खानेपानीको गुणस्तर सुधार तथा समुचित व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछौं।"

यस सफलताले पेडारीका स्थानीय बासिन्दाहरूमा नयाँ आशा र विश्वास थपिएको स्थानीयले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार