मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह
योग समितिले गर्यो १ सय १२ जनालाई दिक्षित

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

बाँके । योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् ।

योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भटराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालगञ्जमा मात्र नभइ देशका हरेक नागरिकले योग गर्नुपर्ने बताए । 

उनले योग समिति नेपालले चाहेको खण्डमा प्रत्येक वडामा योगाहलको व्यवस्था गरिनु पर्ने बताए । योगका लागि आफुले गर्नसक्ने कामबाट कहिल्यै पनि पछि नहटने प्रतिबद्धता ब्यक्त गरे ।

योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उनले योगको सम्पूर्ण विकासका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास दिलाए । 

यस्तै नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुण कुमार वज्रचार्यले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताए । योगले मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उनले योगका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।

कार्यक्रममा समितिका सल्लाहकार नन्दलालबैश्य, अधिवक्ता विश्वजीत तिवारी, वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीे हरीशचन्द्र शर्मा लगायतले नेपालगञ्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा बिभिन्न बिधाबाट १५ जनालाई योग गुरु भट्राइले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा योग समिति नेपालका सचिव एवं कार्यक्रम संयोजक निर्मला शाह, योग प्रशिक्षक अरुण सिँह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन झवि शर्मा र निरन्जना मल्लले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार