बाँके । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँके क्षेत्र नम्बर २ को निर्वाचनमा ४४० मत खसेको निर्वाचन समितिले जनाएको छ । ४५१ मतदाता मध्ये ११ जना अनुपस्थित भएका छन् ।
विवादका कारण हिजो सुरु नै नभई स्थगित भएको मतदान आज विहान ९ बजेदेखि सुरु भएपनि बीच बीचमा विवाद सिर्जना हुँदा मतदान अबेर साँझसम्म चलेको थियो ।
भोली विहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय कार्यसमितिका लागि विरेन्द्र बहादुर शाह र रमेश कुमार गुप्ता नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा छन् ।
दुबै समूहले महाधिवेशन प्रतिनिधिमा पनि प्यानलगत उम्मेदवारी दिएका छन् । गुप्तालाई पार्टीको संस्थापन पक्षको समर्थन छ भने संस्थापन निकट नै रहेका शाहलाई भने संस्थापन इतरको पनि समर्थन रहेको छ । जानकारका अनुसार संस्थापन पक्षका उम्मेदवार गुप्ताको बिजय निश्चित भएको छ ।