बाँके । बाँकेको शिक्षण अस्पताल नेपालगंजमा उपचारार्थ नरैनापुरका शहिद अलि जोलहा र मनिषा यादवलाई भेटन नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको एक टोली अस्पताल पुगेको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत, लेखा अधिकृत प्रकाश अधिकारी अस्पताल पुगेर बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भयो ।
जोलहलाई हृदयघात र यादव एन्टीफलाईटिश रोगबाट ग्रस्ति भई उपचारका लागि नेपालगंज स्थित शिक्षण अस्पतालमा मृत्यूसंग लडिरहेका छ्न। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका जोलह र यादवलाई उपचारका लागि गाँउपालिकाले सहयोग गर्ने गाँउपालिका अध्यक्ष शाहले बताउनु भयो । उहाँले अस्पतालका निर्देशक रोमन केदवाईलाई भेट गरी अस्पतालबाट सहयोग गरीदिन आग्रह गर्नु भएको छ । केदवाईले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको अध्यक्ष शाहले युथ टुडेलाई जानकारी दिनु भयो ।
नरैनापुर गाँउपालिका अध्यक्ष शाहले आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरुलाई औषधी उपचारका लागि व्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ । गाँउपालिका अध्यक्ष शाह आफू अस्वस्थ भए पनि पालिकाका नागरिकहरुको सेवामा खटिदै आउनु भएको छ ।