बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा शनिबार एकदिने मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

नेपालगञ्ज ४ को आयोजनामा वडा कार्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनु भयो ।
शिविरमा मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गरिने बताउदैं वडा अध्यक्ष पुनले शिविरमा आउने नागरिकले यसअघि कुनै मानसिक स्वास्थ्य सम्बन्धी औषधि सेवन गरिरहेको भएमा औषधिको पर्चा समेत ल्याएर आउन आग्रह गर्नु भएको छ । उहाँले शिबिरमा बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गर्ने भएकोले मौकाको फाईदा उठाउन आग्रह गर्नु भएको छ ।
